पेरिस मास्टर्सको पाँचौ उपाधि जोकोभिकलाई - Crazysaptahik.com

पेरिस मास्टर्सको पाँचौ उपाधि जोकोभिकलाई

सर्बियन विश्व नम्बर एक नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि आफ्नो पोल्टामा पारेका छन् ।

आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेको हो । जोकोभिकले उपाधि जित्ने क्रममा शापोभालोपलाई ६–३ र ६–४ को सेटमा पराजित गरे । यो सँगै जोकोभिकले पाँचौ पटक पेरिस मास्टर्सको उपाधि आफ्नो नाममा पार्न सफल भएका छन् ।

यसअघि जोकोभिकले सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए । शापोभालोप भने दोस्रो वरियताका सफल स्पेनिस स्टार राफेल नाडालले नाम फिर्ता लिएपछि फाइनलमा पुग्न सफल भएका थिए । चोटका कारण नाडालले नाम फिर्ता लिएपछि उनी फाइनलमा पुगेका थिए ।

सम्बन्धित खवर