क्रेजी साप्ताहिक । नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने दुर्घटनामा परेको छ । चौधरीको गाडी दाङमा दुर्घटना भएको हो । यद्यपी सो गाडीमा सचेतक चौधरी भने थिइनन ।
चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही(घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको थियो । चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।
गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए । सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।