नगरद्वारा राहत वितरण - Crazysaptahik.com

नगरद्वारा राहत वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पथरीशनिश्चरे–२ मा अवस्थित प्रवेश राईका २ वर्षीय छोरा निछाको पानीमा डुवेर भएको मृत्युमा शोक व्यक्त गर्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा विहिबार राहत रकम प्रदान गरिएको हो ।

उपप्रमुख वास्तोलाका साथै २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य अरुणा राई र न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर