उद्योगीद्धारा पथरीका ब्यापारी लुटिए, गुपचुप पार्न ब्यापारीका अध्यक्ष देखि मन्त्री सम्म लागेको आरोप - Crazysaptahik.com

उद्योगीद्धारा पथरीका ब्यापारी लुटिए, गुपचुप पार्न ब्यापारीका अध्यक्ष देखि मन्त्री सम्म लागेको आरोप


क्रेजी साप्ताहिक
पथरी । कार्तिक १७ गते राति ९ बजे पथरीमा व्यवसाय सञ्चालन गर्दै आएका एक ब्यापारीको मोवाई सहित ४ लाख रुपैँया लुटिएको छ । रातको ९ बजे सप्तरीको नारायणी चिउरा मुराइ उद्योगका उद्योगी अभिशेक काभ्राले मोरङ पथरीशनिश्चरेका एक होलसेल ब्यापारी केशव खतिवडाको कार्यलयमै गई कार्यलयको खाता पाता मनि ब्याग र मोवाईल समेत खोसि लगेका थिए ।

आफु लुटिए पछि प्रहरीलाई खवर गरेको र प्रहरीलाई समेत काभ्राले धम्काएको खतिवडाले बताए । काभ्राले प्रहरीलाई “तिमीहरुलाई डिआइजीले फोन गर्छ फोन राख” भन्दै फोन काटेको खतिवडाले बताए । उक्त केस मिलाइदिन भन्दै प्रदेश १ का वन वातावरण तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसियतले समेत फोन गरेको खुलासा भएको छ ।खतिवडा पथरी बजारमा रहेको खतिवडा किराना सप्लायर्सका संचालक हुन् । आफुले सप्तरीको नारायणी चिउरा मुराइ उद्योगबाट सामान ल्याउने गरेको र सोही सामानको ३० हजार तिर्न बाँकी रहेकामा १७ गते राति सो उद्योगका संचालक अभिशेक काभ्राले मदिरा सेवन गरि घरमै आएर ब्यागमा भएको ४ लाख सहित, खाता, मोबाइल लगेको खतिवडाको भनाई छ ।

उनले भने ‘मैले ३० हजार तिर्न बाँकी थियो । मलाइ बिहान काभ्राले फोन गर्दा मैले बेलुका ५ बजेपछि मात्रै रकम दिन सक्ने भनेको थिएँ, पछि फोन गर्दा एकपटक मात्रै कुरा भएको थियो । काभ्राले म काकडभिट्टामा छु घरमै आउछु भनेर फोन राखे, काभ्राले भनेजसरी नै मैले अगाडी नै पथरीको कृष्ण किरानामा ३० हजार रकम पनि छाडेको थिएँ । ९ बजे राति आएका काभ्राले भित्र पस्ना साथ उसको मुन्सीलाई “ये ब्याग, खाता सब गाडीमे डालो, ये चलोचलो” भन्दै लिएर हिड्यो खतिवडाले सुनाए मैले फोन गरेर कमफर्म गरि दिन्छु भन्दा भन्दै मेरो मोबाइल नै खोसेर लगे ।’

काभ्राले लगेको सामान पथरी इलाका प्रहरी कार्यलयमा भोलि पल्ट ल्याएर बुझाएको प्रहरी निरिक्षक रामबहादुर ढकालले बताए । यता १७ गते राति आफु लुटिएको भन्दै १८ गते इलाका पुग्दा सम्म प्रहरीबाट न्यायको सट्टा पिडा पाएको खतिवडाले बताए । स्थानिय र साना ब्यापारी लुटिदा प्रहरीले दुबै तर्फलाई भेला गरि छलफल गराएको तर अनुसन्धानको पाटोमा बेवस्था गरेको ब्यापारीको गुनासो छ । प्रदेश १ का वन वातावरण तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसियतको दवाबमा प्रहरीले जाहेरी लिन नमानेको तर २० गते चैतर्फि दवाव पछि निबेदन लिएको ब्यावारीले बताए ।’१८ गते विहान इलाका प्रहरी कार्यालय पथरीबाट सम्पर्क गरेपछि दिउसो २ बजेको समयमा पथरी आएका काभ्राले आफ्नो गल्ती भएको र १९ गते विहान ९ बजे सम्ममा सबै सामान र पैशा फिर्ता गर्ने कुरा भएको खतिवडाको भनाइ छ । तर २० गते सम्म पनि काभ्राले आफ्नो सामान र पैशा फिर्ता नगरेको भन्दै खतिवडाले चोरी डकैतीको आरोपमा इप्रका पथरीमा उजुरी गरेको बताए ।

यही घटनालाई मिलाइदिन भन्दै प्रदेश १ का वन वातावरण तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसियतले समेत इप्रकामा फोन गरेको पाइएको छ । निवेदन दर्ता गर्न खोज्दा प्रहरी निरिक्षक राम बहादुर ढकालले मन्त्रीको फोन आएको र आफुपनि मन्त्रीसंग ३ वर्ष देखि चिनजानमा रहेकाले पैशा फिर्ता हुन्छ डुक्क हुन भनेको खतिवडाको भनाइ छ । तर अहिले सम्म पनि आफुले न्याय नपाएको भन्दै खतिवडाले दुखेसो गरे ।कार्यलयमा भएको खाता, भिभो मोवाईल र ४ लाख रहेको ब्याग सहित ब्यापारी लुटिदा समेत उद्योग बाणिज्य संघ पथरीबाट सहयोग नरहेको अन्य ब्यापारीको भनाई छ । खतिवडाले ब्यावसाय प्रयोजनका लागि सोहि दिन केहि साथीहरु संग पैसा सापटि लिएको बताए ।

यता उद्योगी काभ्राले आफुले खाता, व्याग र मोवाईल लगेको स्वकार गरे पनि ४ लाख रुपैँया भने नलगेको बताएका छन् । यही ४ लाख लगेको भनेर प्रमाण पु¥याएमा मात्रै सो रकम तिर्ने काभ्राको भनाइ छ । आफुलाई खतिवडाले फोन गरेर बोलाएको र घरमा जाँदा पैसा छैन् यही खाता पाता र मोबाइल छ भनेर दिएर पठाएको काभ्राले बताए । ‘‘मलाई व्याग, मोबाइल सबै उसैले दिएर पठाएको हो । मलाई व्याग दिँदा समेत म पैसा पठाइदिन्छु अनि मेरो व्याग फिर्ता गर्नु भनेर उसैले भनेको हो । मलाई फसाउनलाई यस्तो रचेको रहेछ” काभ्राले भने । काभ्राका अनुसार खतिवडाले पटक पटक दिएका चेक समेत बाउन्स भएका छन् । प्रहरीले भनेअनुसार नै आफुले सबै सामान पथरी इलाकामा छाडेको बताएका छन् । आफुलाई त्यसै फसाउन खोजेको भन्दै इप्रका पथरीमा उजुरी समेत दिएको काभ्राले बताए । प्रहरीले छानविन गरेर कार्वाही गर्छ होला काभ्राले भने । यता पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक वस्नेतसँग सो असहयोगको वारेमा वुझ्न खोज्दा दुवै पक्षको केही कमजोरी देखिएको र सो कुरा कानुनले अनुसन्धान गर्ने बताए । उनले भने ‘दुवै व्यापरीनै हुन कोही अन्यायमा पर्नुहुदैन’ आवश्यक सहयोग गर्न हामि तयार छौँ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.