मेचुलाई भ्वाईस अफ नेपालमा जिताउन सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन - Crazysaptahik.com

मेचुलाई भ्वाईस अफ नेपालमा जिताउन सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन


क्रेजी साप्ताहिक । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई जिताउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ ।
मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा हिजो भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्व्जित भण्डारीलाई समितिको संयोजक तोकिएको छ ।

अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता धिमाल, अर्थसचिवमा बिजय धिमाल र प्रचार प्रसार संयोजकमा तेजन खड्का रहेका छन् ।समितीको सदस्यमा रोमान्सी धिमाल,राजेन्द्र धिमाल,शंकर निरौला,लक्ष्मीकुमार तामाङ लगायत रहेका छन् ।समितीको संरक्षकमा उर्लाबारीका मेयर खड्गबहादुर फागो,उपमेयर लक्ष्मीदेवी भण्डारी र धिमाल जाति विकास केन्द्र र सञ्चार क्लव नेपाल रहेको छ ।

अभियानको सल्लाहकारमा लोमिम पोमु,हेमराज गुरुङ,राजकुमार योञ्जन, पूर्ण सिंगक, पत्रकार सरोज बस्नेत, राजु लामा, प्रेम याक्खा, प्रितम खड्गी, सुन्दर श्रेष्ठ,सन्जिब बुढाथोकी,घनश्याम भण्डारी लगायत रहेका छन् ।अभियानका संयोजक सर्व्जित भण्डारीले उर्लाबारीको चेली मेचु यो स्थान पुग्न सफल भएकोमा खुशी प्रकट गर्दै भोट गरेर बिजय गराउन अपिल गरेका छन् । उर्लाबारी लगायत बिभिन्न गाउँटोल र संघसंस्थासँग सहकार्य गरेर मेचुलाई जिताउन अघि बढ्ने उनको भनाई छ । समिती गठन कार्यक्रममा मेचुको बुबा सन्तुलाल धिमाल र आमा गीताकुमारी धिमालको पनि विशेष उपस्थिती रहेको थियो भेला धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालको सभापतित्वमा भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.