कठायत परिवारको सहयोगमा पथरी बहुमुखी क्याम्पसमा सरस्वती मन्दिर - Crazysaptahik.com

कठायत परिवारको सहयोगमा पथरी बहुमुखी क्याम्पसमा सरस्वती मन्दिर

क्रेजी साप्ताहिक
विभिन्न सामाजिक कार्यहरुमा रमाउने मोरङ्ग पथरी शनिश्चरे ९ का सन्तोष कठायतको परिवारले सोही नगरपालिका १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको निर्माण गर्ने भएका छन। सो मन्दिरको आज शनिवार क्याम्पस प्राङ्गणमा एक कार्यक्रम गरि शिलान्यास समेत गरिएको छ।

क्याम्पस परिसरमा विद्याकि देवि सरस्वतीको आकर्षक मन्दिर बनाउने सन्तोष कठायतले बताउनु भयो। शिलान्यास कार्यक्रममा बोल्दै कठायतले सामाजिक काममा आफुलाई समर्पित गरेकोले खर्चमा कुनै सम्झौता नगरी आकर्षक र गुणस्तरीय मन्दिर निर्माण गर्ने बताउनु भयो। क्याम्पस प्रमुख चेतन पौडेल लगायत अन्य क्याम्पस निकटका व्यक्तीहरुको आग्रह र क्याम्पसमा मन्दिरको आवश्यक आँफैलाई पनि महशुश भएकोले मन्दिर निर्माण गरिदिने निर्णय गरेको कठायतको भनाई छ।

समाजसेवी कठायतले यश अघि ९ नम्बर वडामा रहेको आदर्श सीता प्रावीलाई जग्गा दान, १० नम्बर वडामा शिवालय मन्दिर निर्माण , स्थानिय किर्तन मण्डलिलाई भवन, चेनगेट निर्माणमा सहयोग, सिंहवाहिनी मावीलाई आर्थिक सहयोग लगायतका सामाजिक कार्य गरिसक्नु भएको छ।

सम्बन्धित खवर