बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ ।
नेपालले आइतबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी भयो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।