अघोरी बाबाकी श्रीमती ठगी आरोपमा पक्राउ - Crazysaptahik.com

अघोरी बाबाकी श्रीमती ठगी आरोपमा पक्राउ


क्रेजी साप्ताहिक । अघोरी बाबा नामले सामाजिक सञ्जालमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गरेको आरोपमा उजुरी परेपछि पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उजुरीका आधारमा उनलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । ’ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो । उजुरीकै आधारमा छलफलका लागि यहाँ ल्याइएको हो’, प्रहरी प्रवक्ता होविन्द्र बोगटीले भने।

सम्बन्धित खवर