काभ्रेमा भएको बस दुर्घटनामा परि २५ यात्रु घाइते, तीन गम्भीर - Crazysaptahik.com

काभ्रेमा भएको बस दुर्घटनामा परि २५ यात्रु घाइते, तीन गम्भीर

क्रेजी साप्ताहिक । काभ्रेपलाञ्चोकको बनेपाबाट भकुण्डेबेसी जाँदै गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस हिजो दुर्घटनामा परेको हो ।

बस सडकबाट करिव १५० मिटर तल खस्दा बसमा सवार २५ जना यात्रु दुर्घटनामा परी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस नमोवुद्ध – २ मा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लिगएको छ

सम्बन्धित खवर