क्रेजी साप्ताहिक
पथरी । चर्चित गायक प्रमोद खरेलले मोरङको पथरीशनिश्चरेमा आफ्नो प्रश्तुति दिने भएका छन् । जनएकता युवा क्लवको आयोजनामा भएको देउसीभैलोको विसर्जन कार्यक्रमका अवशरमा मंशिर ८ गते पथरीशनिश्चरे ६ स्थित नमुना चौकमा खरेलले प्रश्तुति दिने आयोजक जनएकता युवा क्लवका अध्यक्ष डोरकुमार श्रेष्ठले जानकारी दिए ।
बेलुका ४ बजेदेखि हुने उक्त ‘वृहत सांगितिक धमाका’ कार्यक्रममा खरेलका साथै २०६८ सालमा इमेज अवार्ड पाउन सफल गायक समिर वि.क तथा गायक रविन कन्दङ्वाको समेत प्रश्तुति रहने कार्यक्रमका संयोजक सन्तोष आचार्यले बताए । कार्यक्रमको सञ्चालन चन्दा खड्का र राम वि.कले गर्ने अर्का संयोजक प्रताप श्रेष्ठले जानकारी दिए ।