फुटबलर साम करले रोजिन् चेल्सी - Crazysaptahik.com

फुटबलर साम करले रोजिन् चेल्सी

एजेन्सी । अष्ट्रेलियन महिला फुटबलर साम कर चेल्सीमा आवद्ध भएकी छन् । विश्वकै उत्कृष्ट स्ट्राइकर मध्ये एक मानिएकी कर वुमन सुपर लिग लिडर चेल्सीमा आवद्ध भएकी हुन् ।

२६ वर्षीया कर अष्ट्रेलियन र अमेरिकन लिगकी सर्वा्धिक गोल कर्ता हुन् । उनले इंग्लिस क्लबसँग साढे २ वर्षको सम्झौता गरेकी छन् । उनले जनवरीबाट चेल्सीमा उपलब्ध हुनेछन् । वुमन सुपर लिग विश्वकै उत्कृष्ट लिग भएको भन्दै करले भनेकी छन्, ‘म टिमको सफलता चाहन्छु र म यो सहज होस् भन्न चाहन्नँ ।’

चेल्सीले पछिल्लो वर्ष टिम बनाउन विशेष काम गरेको भन्दै उनले भनिन्, ‘म केही उपाधि उचाल्न चाहन्छु ।’

सम्बन्धित खवर