सताक्षीधाममा १ सय ८ कुण्डीय कोटिहवनको उद्घाटन - Crazysaptahik.com

सताक्षीधाममा १ सय ८ कुण्डीय कोटिहवनको उद्घाटन

क्रेजी साप्ताहिक
शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा १ सय ८ कुण्डीय कोटिहवनको बुधबार उद्घाटन गरिएको छ । प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन राईले पानसमा बत्ती बालेर कोटिहवनको उदुघाटन गरेका छन् ।

सो उद्घाटन कार्यक्रमका क्रममा मुख्य मन्त्री राई सभ्य समाज निर्माण गर्न, शुशासन लागि यस धार्मिक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । मानव जातिको सु–स्वास्थ्य, शान्ति र दीर्घायूका लागि नेपालको एकमात्र सताक्षीधाममा लगाउन सुरु गरिएको यस महान कार्यबाट सवैले लाभ लिनु आह्वान पनि गरे । जिल्ला समन्वय समिति संयोजक तथा मूल आयोजक समितिका संयोजक सोम पोर्तेल, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वज लगायतले आफ्ना कुरा राखेका थिए ।

निम्बार्क भुषण श्रेद्धेह सन्त स्वामी श्री भागवत शरण देवचार्यजी महाराज र अनन्त श्रीदिभूषित श्री हिरप्रसाद शास्बिजी महाराजको मुखारविन्दबाट श्रीमद् भागत कथा प्रवचन हुने आयोजकले जानकारी दिएको छ । विहीबारबाट १ सय ८ कुण्डीय हवन सुरु हुने समेत आयोजकले बताएको छ ।

कार्यक्रममा विभिन्न जात जातिका संस्कृतिक झल्काउने नृत्यहरु प्रर्दशन गरिएको थियो । हजारौ संख्याका भक्तजनहरु कलश यात्रामा सहभागी भएका थिए । कार्यक्रममा संघीय संसाद एलपी साँवा लिम्बु, प्रदेश संसाद झलसिं दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, ऐलानी जग्गा दर्ताका झापा अध्यक्ष राधाकृष्ण खनाल लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर