एड्रिन प्रधान र नविनके भट्टराईले इटहरी तताउने - Crazysaptahik.com

एड्रिन प्रधान र नविनके भट्टराईले इटहरी तताउने


क्रेजी साप्ताहिक । चर्चित पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानले इटहरीको माहोल तताउने भएका छन् । कार्तिक ३० गते इटहरीमा हुने कन्सर्टमा उनीहरु आउने आयोजकले बताएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा कन्सर्ट हुन लागेको हो । इटहरीमा साङ्गितक साझको लागि धुमधाम सँग तयारी भईरहेको हाम्रो कार्टका अध्यक्ष अर्जुन पुरीले बताए । पर्यटन बर्ष २०२० सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको पुरी बताउँछन् ।

गायक एड्रिन प्रधानको ‘खैरो खैरो कपाल’, ‘सारा खुसी’, ‘नभन’, ‘मुटु भरिभरि’, ‘कोहि होस् यस्तो साथी’,’शिशिर झैँ रित्तो’ लगायतका गितहरु लोकप्रिय छन् भने अर्का गायक नबिन के भट्टराईको ‘ए झरी’, ‘खादै नखाको बिष’, ‘तिम्ले हेर्दा’, ‘तिमि हौ लाखौको धड्कन’, ‘डर लाग्छ’, ‘यहि हो त माया’, ‘छैन जुन किन’, ‘मा माया लाउदिन’ लगायतका गीतहरु निक्कै लोकप्रिय छन् । यस कार्यक्रम बाट भएको केहि मुनाफा सामाजिक क्षेत्रमा खर्च गर्ने कार्यक्रमका संयोजक कमल चौधरीले बताए ।

इटहरी २ मा रहेको एकै परिवारको ४ जना अपाङलाई सहयोग गर्ने चौधरीले बताए । नेपाल पर्यटन वर्ष २०२० लाई प्रबर्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल नाम दिएर उक्त कन्सर्ट आयोजना गर्न लागिएको कार्यक्रमका सचिव विशाल पुरीले बताए ।

सम्बन्धित खवर