प्रहरी– समुदाय साझेदारी अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम - Crazysaptahik.com

प्रहरी– समुदाय साझेदारी अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा डीएसपीको कमाण्ड रहेको हप्ता दिन भएपछि लागू औषध दुव्र्यसनबाट युवाहरुलाई मुक्त गर्दै शान्ति सुरक्षा थप व्यवस्थित गरिनु पर्ने स्थानीयले धारणा व्यक्त गरेका छन् ।

शुक्रबार समुदाय प्रहरी पालिका समितिको आयोजनामा पथरी शनिश्चरे नगरपालिका कार्यालयमा भएको प्रहरी– समुदाय साझेदारी अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रमका वक्ताहरुले लागू औषध दुव्र्यसन रोक्दै शान्ति सुरक्षा चुस्त वनाउनु पर्नेमा सबैले जोड दिएका छन् ।

कार्यक्रममा, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकाको समेत सहकार्यमा नगरमा डीएसपीको कमाण्ड रहेको इलाका प्रहरी कार्यालय पथरीबाट थप व्यवस्थित सुरक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन् ।

छलफलमा पथरी शनिश्चरे र कानेपोखरीका अगुवा तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । उक्त अवसरमा, समाजसेवी वीरवहादुर वस्नेत, पर्शुराम कार्की, नरहाङ राई, नेत्रबहादुर थापा, मेनुका राई, नेत्रप्रसाद दहाल, नरेश घतानी, जनप्रतिनिधिहरु सहितले आफ्ना धारणा राख्नुयो । उहाँहरुले युवाहरुमा बढेको दुव्र्यसन नियन्त्रण गर्नुपर्ने, पथरी प्रहरीको भवन थप व्यवस्थित गर्नुपर्ने, हसन्दहमा प्रहरी दरवन्दी राख्नुपर्ने, कानेपोखरी तर्फ पनि प्रहरीको संख्या बढाउनु पर्ने, जंगल क्षेत्रमा थप सुरक्षा बढाउनु पर्ने, ट्राफिक व्यवस्थापन सहितका सुझाव दिएका थिए ।

जंगलको बीचमा पर्ने पथरीशनिश्चरेमा आपराधिक घटनाहरु बढेपछि जिल्लाले उर्लाबारी र बेलबारीको बीच पारेर पथरीमा डीएसपी लक्ष्मीप्रसाद अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी व्यवस्थापन गर्ने काम थालेको हो । सो सार्वजानिक सुनवाई कार्यक्रममा डीएसपी अधिकारीले स्थानीयको सहकार्यमा पथरीशनिश्चरे र कानेपोखरी क्षेत्रको शान्ति सुरक्षा थप व्यवस्थित गर्ने वचनवद्धता व्यक्त गरे ।

सम्बन्धित खवर