विमल र अञ्जन सहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त - Crazysaptahik.com

विमल र अञ्जन सहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो । उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तराष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।

– इकान्तिपुरबाट

सम्बन्धित खवर