धरानमा बुधबार मिस पूर्वान्चलको दसौ संस्करणको अडिसन हुने - Crazysaptahik.com

धरानमा बुधबार मिस पूर्वान्चलको दसौ संस्करणको अडिसन हुने

क्रेजी साप्ताहिक
धरान । विगत ९ वर्षदेखि निरन्तर संचालन हुदै आइरहेको सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौं संस्करणको पहिलो अडिशन आगामी मंसिर ४ गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ ।

अडिशनअघि धरान र इटहरी लगायतको विभिन्न कलेजहरुमा समेत मिस पूर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना गरिनेछ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा प्रत्येक वर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रममा अनलाइन तथा एस एम एस बाट फर्म भरेका तथा अन्य इच्छुकहरुलाइ निःशुल्क अडिसनमा सहभागी गराईनेछ ।

मिस पथरीशनिश्चरे २०१९ बिजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आईकन २०१९ कि बिजेता प्रेजिना नेपाल बिना अडिशन मिस पुर्वान्चल २०१९ मा सहभागी हुनेछन् ।

आगामी पुष ५ गते ग्रान्ड फिनाले गरि मिस पुर्वान्चल २०१९ सहित फस्ट रनरअप, सेकेन्ड रनरअप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस चार्मिंग, मिस फ्रेन्डशिप, मिस मल्टिमेडिया लगायतका विभिन्न सब– टाइटललाईको घोषणा गरिनेछ ।

विजेताले २ लाख या स्कुटी , फस्ट रनरअपले १ लाख र सेकेन्ड रनरअपले ५० हजार राशीको पुरस्कार पाउनेछन् भने सब–टाइटल बिजेताले नगद १५ हजार पुरस्कार स्वरुप पाउनेछन् ।

सम्बन्धित खवर