सवारी दुर्घटनामा परि १ जनाको मृत्यु - Crazysaptahik.com

सवारी दुर्घटनामा परि १ जनाको मृत्यु


क्रेजी साप्ताहिक । मोरङको सुन्दरहरैचा नगरपालिका–८ बिराटचोकमा गएराति भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । राती पौने ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका–३ का ४४ बर्षीय पेशल के.सीको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका केसीलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ट्रकमा सवार रहेका ईटहरीका यम.पी. रुस्तम र मित्रलाल न्यौपाने घाईते भई उपचारको लागि बिराट नर्सिङ होम पठाईएको तथा ट्रक चालक फरार रहेकोले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित खवर