क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ ।वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने निर्देशन सहित टोलीले सडक अनुगमन् गरेको हो ।
उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले ५ नम्वरको मौलीबारीमा भएको सडक ग्राभेलको पनि अनुगमन् गरेको छ ।५ नम्वरको कोठेबारी मैनखाडी पुल निर्माण कार्य जारी रहेको अवस्थाको पनि अनुगमन् गरेको समिति संयोजक वास्तोलाले बताइन् । त्यसमा पनि भएका केही कमि कमजोरीलाई सुधार्नु पर्ने सुझाव समेत दिएको उनले जानकारी दिइन् । स्टिमेट अनुसार योजनाहरु चुस्त रुपमा सम्पन्न गर्न उपभोक्ता समिति तथा सम्वन्धित पक्षलाई निर्देशन दिँदै अनुगमन् कार्य कडाईका साथ अघि बढाइएको बास्तोलाले बताइन् ।