क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–९ मा अवस्थित आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी प्रा.ली. ले नगरमा प्रथम पटक निर्माण सामाग्री उत्पादन सुरु गरेको छ ।
पथरीशनिश्चरेका युवा व्यवसायी हेमन्त बिष्ट र दीपक कार्कीको संयुक्त लगानीमा कन्ट्रक्सन कम्पनीले सिमेन्ट, गिट्टी, बालुवा लगायतबाट ईन्टरलक इटा, टायल, कर्भ स्टोन, होम पाइप, विद्युतीय पोल, स्लाब, रेलिङ, गमला, रिङ लगायतको सामाग्री उत्पादन सुरु भएको हो ।
शनिश्चरे बजार उत्तरमा ६ कठ्ठा जग्गामा ३५ लाख रुपैयाँबाट सुरु लगानी कम्पनीले उत्पादन थालेको व्यवसायी हेमन्त विष्टले बताए । उद्योगको सोमबार पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले मेसिन चलाएर उद्घाटन गरेका थिए ।
उद्योगले विभिन्न आकार र रंगको टायलहरू, रेलिङ, कभर स्टोन उत्पादन गर्ने बिष्टले जानकारी दिए । नगरका उद्योग स्थापना भएपछि स्थानीय उपभोक्ताहरूलाई चाँडो र मूल्यमा पनि सहज हुनेभएको छ ।