पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम - Crazysaptahik.com

पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

क्रेजी साप्ताहिक
पथरी । आठौ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
मंगलबार आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजना र पथरी उद्योग वाणिज्य संघको व्यवस्थापनमा सो अन्तरक्रिया भएको हो ।

राजस्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृत विमल सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर अधिकृत हरिप्रसाद सेढाइले व्यवसाय दर्ता, खरिद र वित्री खाता प्रमाणित, अभिलेख राख्ने तरिका र नियम अनुसार नभए जरिवाना लगायतको बारे सहजीकरण गरेका थिए ।

उद्योग वाणिज्य संघ पथरीको अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रम, महासचिव अशोक राईले सञ्चालन तथा लेखा संयोजक मोहन श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा पथरीको न्यून व्यापारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर