भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह - Crazysaptahik.com

भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह


क्रेजी साप्ताहिक
पथरी । मोरङको कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले हत्या जस्तो जघन्य आरोप सहितको भ्रामक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन ।
सोमबार कानेपोखरीको रमाइलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख काफ्लेले कसैको हत्या जस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्याहुने समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टी नहुने समाचार लेख्ने र प्रकाशन गर्ने सञ्चार माध्यमलाई कारवाहीको दायरामा ल्याउनुपर्ने काफ्लेले बताए ।

गत असार २४ गते कानेपोखरी–६ को ४३ वर्षीय मोहनसिंह थापा आफ्नै घरको माथिल्लो तलामा पासो लागेर मृत्यु भएको थियो । चार महिना अघि मृत्यु भएको थापालाई राष्ट्रिय युवा संघको मोरङ जिल्ला अध्यक्षसमेत रहेका नवीन पौडेल र मृतकी पत्नी मन्दिरा थापाले हत्या गरेको भन्दै केही अन्लाइन मिडियाहरुमा सामाचार प्रकाशन भएको थियो । समाचारमा पौडेलले मन्दिरा मोटरसाइकलमा बसेर हिड्ने हरेको बिषय समेत उल्लेख छ ।

सोही विषयमा आयोजित पत्रकार सम्मेलनमा नवीन पौडेलले भने ‘सामाजिक राजनीति ब्यक्तिको मोटरसाइकलमा बसेको बिषयमा चरित्र हत्याको प्रयास हुन्छ भने मेरो विरुद्द समाचार लेख्ने मित्रको सासू र पत्नीलाई पनि अभर पर्दा धेरै पटक बोकेको छु के त्यो पनि नैतिकतासँग जोड्ने हो ?।“ पौडेलले समाचार पुष्टी गर्न चुनौती दिदै राजनीतिक र सामाजिक लोकप्रियताप्रति दुराग्रह, प्रतिशोधले कसैको प्रायोजनमा समाचार नलेख्न विग्यप्ती मार्फत धारणा राखेका छन । अनलाइनहरुमा प्रकाशित समाचार झुटा, कपोकल्पित भएको भन्दै भत्र्सना सहित खण्डन गर्ने विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा उपस्थित मृतककी पत्नी मन्दिरा थापाले आमाजु दिदी मुना थापाले २५ लाख पैसा चलाएको र त्यो पैसा नतिर्न विभिन्न आरोप लाउने गरेको बताए । काठमाडौ बस्ने आमाजु मुनाले पटक पटक धन सम्पती र को को सँग हिड्न थालेको भन्दै टर्चर दिने गरेको पत्रकार सम्मेलनमा बताए । सो बिषयमा कुरा गर्न फोन गर्दा मुनासँग सम्पर्क हुन सकेन ।

पत्रकार सम्मेलनमा उपस्थित मृतकको जेठा दाजु नरेन्द्र थापा र उनका छोरा डिल्ली थापाले प्रहरीलाई दिएको निवेदनमा नवीन पौडेलको नाम नलेखिएको बताए । प्रकाशित समाचारमा नरेद्र थापालाई कोड गरिएको भएता पनि पत्रकार सम्मेलनमा समाचार कसरी आयो आफूहरुलाई जानकारी नभएको नरेन्द्रले बताएका छन ।

पत्रकार सम्मेलनमा कानेपोखरी व्यापार सँघ, रमाइलो युवा परिवार र लायन्स क्लब अफ कालेपोखरीले पनि संयुक्त विग्यप्ती प्रकाशन गरि झुटा समाचारप्रती भ्रत्सना गरेको छ । संयुक्ता विग्यप्तिमा भनिएको छ “मंगलबारे अस्पतालको डा. रितेशकुमार कर्णले जारी गरेको मृतकको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुशन्धानले आत्माहत्या भएको प्रमाणित गरेको अवस्थामा राजनीति प्रतिशोधको आधारमा समाचार बनाइनु हुदैन ।“ बिग्यप्तिमा व्यापार संघको अध्यक्ष दिलिप फुयल लगाएतको हस्ताक्षर रहेको छ ।

उक्त विषयमा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कानेपोखरी गाउँपालिका समितिको अध्यक्ष भोला अधिकारी र सचिव मनोज राजवंशीले पनि विज्ञप्ति प्रकाशन गरि प्रकाशित समाचार निराधार भएको भन्दै जघन्य अपराध र चरित्र हत्या जस्तो बिषयमा जथाभावी समाचार लेख्न नहुने बताइएका छन । सम्मेलनमा उपस्थित नेकपा अध्यक्ष भोला अधिकारीले प्रहरीमा उजुरी दिन एउटै विचारका चार जना पत्रकार लिएर जानु नै नियोजित षड्यन्त्र भएको जनाए ।

मृतक मोहनसिंह थापा वैदेशिक रोजगारीमा १० वर्ष कुवेत बसेर २०७५ फागुनमा घर आएका थिए । पत्नी मन्दिरा थापा पनि पतिसँगै तीन वर्ष विदेश बसेर २ वर्ष अघि मात्र नेपाल आएको उनले पत्रकार सम्मेलनमा बताए । विदेशबाट श्रीमान्ले पैसा आमाजु मुनालाई जग्गा किनिदिनु भनेर पटक–पटक रकम पठाको बताए । पतिको मृत्युपछि सो रकमको विषयमा कुरा उठ्छ भनेर कहिले चरित्र र कहिले धन सम्पत्तिको विषय लिएर आफूलाई टर्चर हुने गरेको मन्दिराको भनाई छ ।

सम्बन्धित खवर