पोस्टर कपिको आरोप लागेपछि विवादमा ‘सेल्फी किङ’ - Crazysaptahik.com

पोस्टर कपिको आरोप लागेपछि विवादमा ‘सेल्फी किङ’


क्रेजी साप्ताहिक । पोष्टर कपिको आरोप लागेपछि चलचित्र ‘सेल्फी किङ’ विवादमा फसेको छ । अभिनेता विपिन कार्कि अभिनित सो चलचित्रको पोस्टर सोमवार सार्वजनिक भएलगत्तै हलिउड फिल्म ‘जोकर’ को पोस्टरझैं देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए ।

हास्य कलाकारको भूमिकामा देखिँदै गरेका अभिनेता कार्की सो फिल्ममा ‘जोकर’ को गेटअपमा देखिएका छन् । डार्क ड्रामामा आधारित फिल्ममा अभिनेता कार्कीको गेटअपसहितको पोस्टर हलिउड फिल्मबाट प्रभावित भएको टिप्पणी सामाजिक सञ्जालमा आइरहेको छ।
फेसबुकमा यस फिल्मको पोस्टरलाई लिएर कपि गरेको आरोप फिल्मको निर्माण गर्ने दिनेश राउले खेपिरहेका छन् । फिल्म युनिटका अनुसार सो फिल्म हलिउडको ‘जोकर’ बाट प्रभावित नभएको दाबी गरिरहेका छन्।

सो पोस्टरमा अभिनेताको लुक्सलाई डार्क शैलीमा देखाइएको छ । यता हलिउड फिल्म ‘जोकर’ को पोस्टर रंगीन शैलीमा प्रस्तुत गरिएको थियो। आगामी माघ २४ मा रिलिज हुने सो फिल्ममा अभिनेता कार्कीसहित लक्ष्मी बर्देवा, भुवन चन्द्र, अभय बराल र जीवन भट्टराईलगायतले अभिनय गरेका छन्। फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका छन्।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.