क्रेजी साप्ताहिक पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले बाल अधिकार स्थापित गर्नका लागि अभिभावकहरुलाई समेत संगै राखेर कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभएको छ । आज भूटानी शरणार्थी शिविर शनिश्चरेको भूटानी शरणार्थी बाल अधिकार मञ्च ९बीआरसीएफ० ले अन्तराष्ट्यि बाल अधिकार दिवशका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले कार्यक्रममा सहभागि ससाना बालबालिकालाई लक्षित गर्दै उनीहरुको अधिकार स्थापित गर्न अभिभावकलाई पनि संगै राखेर अन्तरक्रिया गर्नु आवश्यक रहेको चर्चा गर्नुभयो । कार्यक्रममा, कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्य, लुथरन विश्व फेडेरेशनका विजयश्याम राजभण्डारी, शिविर सचिव चम्पासिंह राई, बाल नमूना विद्या मन्दिरका प्रिन्सिपल सरोज तिम्सिना सहितले बोल्नु भयो । सो अवसरमा बालबालिकाहरुले गीत, नृत्य सहितका प्रस्तुति दिएका थिए । लुथरनको सहयोगमा असहाय अवस्थाका ८ जना शरणार्थी बालबालिकालाई न्यानो कपडा समेत वितरण गरिएको छ ।