जिल्ला सेक्रेटरी सहित तीन जना नेकपामा प्रवेश - Crazysaptahik.com

जिल्ला सेक्रेटरी सहित तीन जना नेकपामा प्रवेश

क्रेजी साप्ताहिक
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपाल सहित तीन जना नेकपामा प्रवेश गरेका छन् ।

बुधबार विराटनगरमा अवस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्ने अन्यमा विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा छन् । उनीहरूलाई नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फुलको गुच्छा र अविरमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।

समाजवादको यात्रा नेकपाले मात्र पूरा गर्ने भएकोले यस पार्टीमा प्रवेश गरेको नेपालले जनाए । नेपाली जनताले क्रान्ति नचाहेको उल्लेख गर्दै उनले समाज रुपान्तरणको यात्रामा अब अगाडि बढ्ने उनले बताए ।

सो कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्लले नवप्रवेशीहरूलाई पार्टीले उचित स्थान र भूमिका दिएर अगाडि बढ्ने जनाए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सम्बन्धित खवर