बंगलादेशलाई फराकिलो अन्तरले जित्दा भारतको रेकर्ड नै रेकर्ड - Crazysaptahik.com

बंगलादेशलाई फराकिलो अन्तरले जित्दा भारतको रेकर्ड नै रेकर्ड

भारतले बंगलादेशविरुद्धको कोलकताको ईडन गार्डेनमा खेलेको पहिलो डे नाइट टेस्टमा जित आत्मासाथ ग¥यो । बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा इनिङ र ४६ रनले हरायो । भारतको फराकिलो जितमा धेरै रेकर्डहरु बने ।

भारत लगातार इनिङ अन्तरले लगातार चार टेस्ट जित्ने पहिलो देश बन्यो । त्यस्तै भारतले घरेलु मैदानमा १२ औं टेस्ट सिरिज जित्न सफल भयो। भारतीय टिमले पहिलो इनिङमा ३४७र९ को अवस्थामा घोषणा गरेको थियो। बंगलादेश पहिलो इनिङमा मात्र १०६ रनमा समेटियो। दोस्रो इनिङमा १९५ रनमा समेटियो ।

इशान्त शर्माले दुबै इनिङमा कुल १ विकेट लिए । उनी म्यान अफ द सिरिज घोषित भए । भारतका लागि यो पहिलो टेस्ट हो जहाँ स्पीनर विकेटविहीन बने। बंगलादेशका लागि मुस्फीकर रहिमले सर्वा्धिक ७४ रन बनाए । सर्वाधिक छोटो समयमा सकिएको टेस्ट भारतमा भएको यो टेस्ट सर्वा्धिक छोटो समयमा सकिने टेस्टका रुपमा रह्यो। यो भारतको मैदानमा भएको पहिलो र समग्रमा दोस्रो स्पिनर विकेटविहीन बनेको खेलका रूपमा रह्यो ।

पछिल्लो पटक २०१८ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध भएको खेलमा स्पिनर विकेटविहीन भएका थिए। भारतले दक्षिण अफ्रिकासँगको दुई घरेलु खेल र बंगलादेश विरुद्धको दुई खेलको सिरिजमा इनिङ अन्तरले पराजित गर्दे लगातार चार खेलमा इनिङ अन्तरको जित निकाल्यो ।

त्यस्तै भारतीय तीब्र बलरले कुनै पनि टेस्टमा सर्वाधिक विकेट लिने कीर्तिमान बनाए । यो तीब्र बलरबाट भएको तेस्रो उत्कृष्ट प्रदर्शन हो । यसअघि २०१७ र १८ मा दक्षिण अफ्रिकाविरुद्ध तीब्र बलरले २० विकेट लिएका थिए। त्यस्तै २०१७ र १८ को अन्तिममा इंग्ल्यान्डविरुद्धको खेलमा कुल १९ विकेट लिएको थियो। जितसँगै भारत बंगलादेशसँग अपराजित रेकर्ड पनि कायम राख्न सफल रह्यो । साथै भारत लगातार सात खेलमा इनिङ घोषणा गर्ने विश्वको पहिलो देशसमेत बन्यो ।

–थाहा खबर

सम्बन्धित खवर