पञ्चायतमा आईसीटी को एक दिने अन्तरक्रिया - Crazysaptahik.com

पञ्चायतमा आईसीटी को एक दिने अन्तरक्रिया

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे– १ मा अवस्थित पञ्चायत माबिको सभाहलमा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार आईसीटी सम्बन्धी ९० दिने शिक्षक तालिम कार्यक्रमको १ दिने अन्तरक्रिया सम्पन्न गरिएको छ ।

प्रदेश १ नं को सामाजिक विकास मन्त्रालय विराटनगरबाट सञ्चालित कार्यक्रमा शैक्षिक योजना अनुसन्धान महाशाखाका प्रमुख दिव्यराज कँटेलले शिक्षकले सिकेर मात्र कक्षाकोठामा जानुपर्ने, समयअनुसार शिक्षकहरु प्रविधिमैत्री भए विद्यार्धीहरु पढ्नमा उत्सुक हुने, धारण राखेका थिए ।

यसैगरी शैक्षिक गुणस्तर सुधार आईसीटीका कार्यक्रम संयोजक÷शैक्षिक अभियान्ता उपेन्द्र दाहालले प्रदेश सरकारले शिक्षकहरुलाई शिक्षण सिकार प्रविधिमैत्री गराइरहेको र समयअनुसार अपडेट हुनुपर्ने बताए । सोही कार्यक्रममा पञ्चायत माविका शिक्षक अभिभावक संघका अध्यक्ष तथा संविधानसभा सदस्य चण्डीप्रसाद राईले शिक्षकलाई कसरी शैक्षिक अभिवृद्धि गर्ने र गुणस्तरीय शिक्षकलाई व्यवहारमा उतार्न लाग्नुपर्ने जनाए ।

सोही कार्यक्रमा प्रमुख अतिथि रहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीप कुमार (किशोर) राईले प्रविधिमैत्री माध्यमबाट शिक्षण सिकार प्रभावकारी हुने र यस नगरबाट शैक्षिक सुधार व्र्याप्त नभएका अब आउँदा दिनमा नगरले शैक्षिक सुधारमा लाग्ने बताए । उक्त कार्यक्रमको अतिथिहरुमा समाजसेवी÷शिक्षासेवी युवराज बास्कोटा, पथरीशनिश्चरे १ का वडाध्यक्ष तथा बावुराम एङ्देन ३ का वडाध्यक्ष डम्बरबहुादुर चेम्जुङ वडा नं १ की वडा सदस्य तथा कार्यपालिका सदस्य अरुणा राई वडा नं १ की वडा सदस्य रोमान्सी धिमाल, पञ्चायत माविका विज्ञान सङ्कायका इन्चार्ज बुद्धिनाय अधिकारी लगायत रहेका थिए ।

सोही कार्यक्रममा विद्यालयको सहायक प्रधानअध्यापक बिना राईले शुभकामना मन्तव्य राखेको थिइन् । उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्वापोले गरेकी थिइन् । सो कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले गरेका थिए ।

सम्बन्धित खवर