क्रेजी साप्ताहिक । दी भ्वाइस अफ नेपालको टप ८ मा पुग्न सफल मेचु धिमालको आमा गीतामाया धिमालले मेचुलाई आर्थिक अभावका बाबजुद भोटीङ गरेर सहयोग गर्नुहुने सबैमा धन्यावाद तथा आभार प्रकट गर्नुभएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले विपन्न परिवारमा हुर्किएकी मेचु यो स्थान सम्म आईपुग्नु सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीको हात रहेको बताउनुभयो । अहिले मेचुलाई गाउँटोल र देशबिदेशबाट अभियान गरेर जिताउन सक्रिय हुनुहुन्छ, धिमाल भन्नुहुन्छ, हामीलाई ठुलो गुन लगाउनुभएको छ , यो गुन कैले तिर्न सक्दैनौ । यद्यपि, मेचुको परिवार गरीब छ सियर आउट हुन्छ मेचु भन्दा दुख लाग्ने आमाको भनाई छ ।