क्रेजी साप्ताहिक खोटाङ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउले बस्ने ६० बर्षिय टंक बहादुर राई खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ देउराली स्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
घरमा कोही कसैलाई जानकारी नगराई गत १४ गते घरबाट हिडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले मंगलबार साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।