सुनसरीमा म्याजिक दुर्घटना हुँदा गर्भवती महिला सहित ६ जना घाइते - Crazysaptahik.com

सुनसरीमा म्याजिक दुर्घटना हुँदा गर्भवती महिला सहित ६ जना घाइते

क्रेजी साप्ताहिक । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झुम्का इनरुवा सडक खण्डमा भएको दुर्घटनामा परि गर्भवती महिला सहित ६ जना घाइते भएका छन् । इटहरीबाट इनरुवा तर्फ आउँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिक भेन त्रित्रिवन सडक खण्डमा दुर्घटनामा पर्दा इनरुवा ६ की माया अधिकारी सहित ६ जना घाइते भएका छन् । मायाको कोखमा ९ महिनाको गर्भ रहेको बताइएको छ ।

घाइते हुनेमा इटहरीका अर्जुन भट्टराई, सरस्वती ढुङगाना र भारत सुपौलका सहदेव शर्मा, मनोज शर्मा र कौशिला देवि शर्मा रहेका छन् । घाइतेहरुलाई इनरुवा अस्पतालमा प्राथमिक उपचार पश्चात बिराटनगर रेफर गरिएको छ । तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर