- तेजन खड्का
रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् ।
फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् ।
यसअघि सेमीफाइनल पुगेका ८ जना प्रतियोगी मध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरे । फाइनलमा बिकास लिम्बु, आरिफ रउफ, सनिश श्रेष्ठ र राम लिम्बु फाइनलमा जान सफल भएका छन् । यी चारजना मध्येबाट नै दी भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । प्रतियोगीहरुको प्रस्तुतिपछि चारै कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरुको लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीहरुलाई भोट दिएर ‘द भ्वाइस अफ नेपाल’ को बिजेता बनाउन अनुरोध समेत गरेका छन् । शनिबार काठमाडांैको चुच्चेपाटी स्थित ह्यात ग्राउन्डमा हुने ग्राण्ड फाइनलको विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्वारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । यी ४ फाईनल प्रतिस्पर्धीको विषयमा हामीले केही कुरा राखेका छौं :–
विकास लिम्बु
झापा अर्जुनधाराका विकास लिम्बुको पनि अहिले उत्कृष्ट गायक बन्ने सपनाले निन्द्रा खोसेको छ । उनी संघर्षको मैदानमा छन् । सुमधुर आवाजका धनी विकास आफूले गाएर मात्र केही हुन्न जबसम्म तपाईले भोट गर्नु हुन्न । फाईनल स्पर्धामा उनी दाबेदारको रुपमा लिइन्छ ।
गायन रियालिटी शो दी भ्वाइस अफ लाइभ राउण्ड अर्थात् भोटिङमा पुगेपछि यसकोे रोचकता झन् बढेको हो । फाईनलमा पुगेपछि अझ चर्चित छन् । यही भ्वाइस अफ नेपालको एक प्रतिस्पर्धी हुन् विकास । वि.स.२०५० सालमा झापाको अर्जुनधारा १ मा जन्मिएका विकास सानैबाट गायनमा रुचि राख्थे । उनको बाल्यकाल सामान्य रुपमै स्कुल पढ्दै बित्न थाल्यो । सानैदेखि गायक बन्ने रहर भएकाले उनी स्कुल पढ्दादेखि नै गीत गाउन थाले । औपचारिक रुपमा भने २०६६ सालदेखि झापामै संगीत सिक्न सुरु गरे ।
२०६८ सालमा १२ कक्षा उत्तीर्ण गरेर संगीतमै केही गर्ने मन लिएर काठमाडौं हानिए । त्यसपछि उनको संघर्षको यात्रासुरु भयो र आज त्यही यात्रामा अबिचलित भएका लागिरहेका छन् विकास । संसारको उत्कृष्ट गायक बन्ने उनको अपुरो सपनाले आज उनलाई चर्चित गायन रियालिटी शो द भ्वाइस को नेपाली फ्रेन्चाइज भ्वाइस अफ नेपालको स्टेजमा पुर्याएको छ । विकासको सपना बिपनामा परिणत गर्न तपाईको सहयोगको आवश्यक छ । अहिले उनी भोटिङ राउन्डमा पुगेपछि सम्पुर्ण दर्शकमाझ भोट गरिदिनको लागि अपिल गरेका छन् । उनलाई भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर ०४ टाइप गरी ३७००० मा नेपालबाट, ५३०१० भारतबाट र ९२३०० कतारबाट मेसेज सेन्ड गरेर भोट गर्न सक्नुहुनेछ । त्यस्तै विश्वभरीबाट प्रभु पे को एप डाउनलोड गरेर त्यहाँबाट पनि भोट गर्न सक्नुहुनेछ ।
राम लिम्बु
द भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्ये सुमधुर स्वरका कारण दर्शक र निर्णायकको मन जित्दै झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन् ।
उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिममा छन् । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् ।
बिर्तामोडमा विगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रालाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन । ग्लोरी बोर्डिङ स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् । भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।उनको भोटिङ कोड ०८ हो ।
सनिश श्रेष्ठ
यतिबेला देशव्यापाी रुपमा चर्चा छ,केवल द भ्वाईस अफ नेपाल सिज २ को । टप ८ बाट विभिन्न कोचका आफ्ना आफ्ना प्रतिस्पर्धीहरु छानिसकेका छन् । टप ४ को स्पर्धा झनै कडा र रोचक देखिने लगभग पक्कापक्की छ ।
जर्जको हात आयोजकले अब जनतालाई छोडिदिएका छन् । यहि स्पर्धामा ईतिहास रच्ने तयारीमा छन्, सनिश श्रेष्ठ । अब्बल भ्वाईसका धनि सनिश सानैदेखी गीत गाउँथे, गीतसँगीतमै उनको लगाभ थियो । आमाबुबा त्यतिवेला नै भन्थे, सनिसलाई हामीले गीत गाउँनै छोडिदिएको हो, खै के गर्ला यसले । कपियले भन्थे, फलानो को छोरो बिग्रियो ।
मनमा बिजे पनि प्रवाह थिएन, आमा बुवालाई । तर चिन्ता थियो, के गर्छ यस्ले पछि । काहाँ छोरा बिग्रनु छोरोले नाम राख्यो, जिन्दगीकै खुशी थियो । हामीले आफ्नो छोराको रुचिमा साथ दिएर ठिक गरेछौं, बुवा बिजय श्रेष्ठ बताउन् । आमा बुबाको सपना छोरा सनिसले पुरा गरिदिँदा खुशीको सिमा छैन् । त्यतिकै जिम्मेवारी पनि उत्तिकै बढेको छ ।
सनिशले मन सबैको जितिसक्यो, अब मत पनि जित्नेमा आमाबुवा आशावादी छन् । आमा जमुना र बुबा बिजय श्रेष्ठ भन्छन्,‘सनिश सेलिब्रेटी भइसक्यो, उस्लाई अघि बढाउने हात सम्पूर्ण नेपालीमा छन् ।’ द भ्वोइसमा आगामी चरणमा प्रवेश गर्नका लागि भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग र्पुयाइदिन सनिशकी आमा जमुना ढकाल श्रेष्ठले आग्रह गरेकी छिन्, साँथै यहाँ सम्मको साथ सहयोगलाई धन्यवाद तथा आभार ।
‘सनिशको लक्ष्यले सांगीतिक जगतमा योगदान पु¥याउने नै भएकाले अहिले हामीले हौसला प्रदान गर्नुपर्ने छ,’ जमुना भन्छिन्, ‘त्यसका लागि भोट गर्नुहुने सबैमा मेरो विशेष आभार छ, धन्यवाद छ, यो सहयोग जारी रहने अपेक्षा गरेकी छु ।’ सनिशलाई स्वर र रुपले पनि साथ दिएको छ, जसको कारण उनी प्रमुख दाबेदार भनिन्छ । सनिसको गायकी अब्बल र मन छुने छ भन्ने प्रमाण उनले अडिसन राउण्डमा गाएको ‘लै लै’ को भ्यूज हेरे पुग्छ । जसको भ्यूज साठी लाख क्रस छ ।
आफ्नो हजुरवुवाको प्रेरणाले साँगीतिक क्षेत्रमा लागेको बताउने सनिश बाल्यकालमा कहिलेकाहीँ मूलथलो गोरखा जाने गर्थे । त्यहाँ हजुरबुबाले भजन गाएको सुनेपछि आफू पनि साँगीतिक माहौलमा भिजेको बताए । ‘उहाँले गाएको देख्दा रमाइलो लाग्थ्यो । त्यहाँ भएका बाजागाजा बजाउन मन लाग्थ्यो’यनले भने ‘यसरी नै गीत–संगीतमा रुचि जाग्यो।’ कक्षा ८ मा हुँदा मैले गिटार बजाउन थालेका सनिश गीतसँगीत बिना आफ्नो जिवन अधुरो हुने बताउँछन् ।
आरिफ राउफ
द भ्वाईस अफ नेपालको सिजन १ मा सफल हुन नसकेपनि हरेश खाएनन्, आरिफले । बरु अझ मेहेनत गरेर सँगीत साधनामा ।
यतिवेला बानेशवर बिजुली बजारका आरिफ राउफको चर्चा चुलिएको छ । घर परिवार खुशी छन् । भोटीङ लागि परिवारलाई खासै चिन्ता छैन्, कारण उनको फ्यानहरूले उल्टै परिवारलाई सल्लाह दिदैं भोटिङ अभियान तिब्र पारेका छन् ।
सांगीतिक दुनियाँमा आउन धेरै संघर्ष गरेका उनी कुनै बेला रेष्टुरेण्ड र बारमा गीत गाउँने काम गर्थे । असफता नै सफलताको प्रतिक हो भनेर अघि बढेका आरिफ सानैदेखी गीत गाउँथे । २९ बर्षीय आरिफ कसैको मन नदुखाउने र नरिसाउने स्भावको रहेको आमा बरिदा राउफ बताउछिन् । स्कुल कलेजमा गीत गाएर थुप्रै पुरस्कार जितेका आरिफले साँगीतिक क्षेत्रलाई करियर बनाउन चाहन्छन् । जसको लागि सहज होस भनेर आफ्नै बिगनेस पनि छ । नर्सरी गीत पढ्दा देखी नै गीत गाउन रुचाउने आरिप साउथ प्वाईट बोर्डिङ स्कुल बुद्धनगरमा एसएलसी सम्म पढेर बिभिन्न कलेज पढ्दै मास्टर्श सकेका छन् । मुस्लिमहरु गाउँनुहुँदैन नाँच्नु हुदैन भनेर कुरा उठेपनि विचलित नभई अघि बढेका आरिफ के हुन्छन् अब फाईनल स्पर्धाले निर्णय गर्छ ।