क्रेजी साप्ताहिक पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित गरेको छ ।
विहिवार १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा ६० वर्ष उमेर पुगेकी वडा नम्वर ३ की लालकुमारी तिम्सिना र रेणुका काफ्लेलाई जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मानित गरिएको हो ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगद र सम्मानपत्रले सम्मान गरेका थिए । नगरपालिका कार्यालयको तर्फबाट ५० हजार, नेपाल सरकारबाट २० हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट २० हजार, जिल्ला महिला स्वास्थ्य स्वयमसेविका संघबाट २० हजार र नगर स्वास्थ्य स्वयमसेविका समूहबाट प्राप्त ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले स्वास्थ्यको क्षेत्रमा पथरीशनिश्चरेले देशकै नमूना कामहरु गर्न सफल भएको तथ्यहरु अघि सार्दै स्वयमसेविकाहरुको कामप्रति सम्मान व्यक्त गरे ।
सो अवसरमा, महिला स्वयमसेविकाहरुबीच स्वास्थ्य सम्वन्धि हाजिरी जवाफ र म्यूजिकल चियर्स प्रतियोगिता समेत सम्पन्न भएको छ । हाजिरी जवाफतर्फ हस्तमाया सुब्बाको समूह पहिलो, रमला लुइटेलको समूह दोस्रो र रेणुका काफ्लेको समूह तेस्रो भएको छ । पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार नगदले पुरस्कृत गरिएको छ । म्यूजिकल चियर्सतर्फ उर्मिला श्रेष्ठ पहिलो, सरस्वती चौधरी दोस्रो र लीलाकुमारी सुब्बाले तेस्रो पुरस्कार प्राप्त गरेका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २ हजार, १ हजार र ५ सय नगदले पुरस्कृत गरिएको थियो ।