क्रेजी साप्ताहिक झापा । झापामा बुलेरोको ठक्करबाट एक जनाको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका – १२ र बुद्धशान्ती गाउँपालिका–३ को सिमानामा पर्ने धाईजन चोक स्थित मेची राजमार्गमा बुलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको हो ।
आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री सोही गाउँपालिका–३ बस्ने ७० वर्षीय हरि प्रसाद न्यौपानेलाई विर्तामोड बाट ईलाम तर्फ जाँदै गरेको प्रदेश नं. १–०१/००१ ज ३४०० नंबरको बलेरोले ठक्कर दिएर लडाएको थियो । सोही समयमै एउटै दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नंबरको गाडिले ठक्कर दिएर घाईते बनाएको थियो ।
ठक्करबाट घाईते भएका उनलाई उपचारको लागी बि एण्सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान ९ बजेको समयमा मृत्यु भएको थियो । ठक्कर दिने दुबै सवारी साधन तथा चालकहरु ईलाम नगरपालिका–१ बस्ने वर्ष २३ को ललित राई र ईलाम देउमाई नगरपालिका–१ बस्ने वर्ष ३८ को कमल राईलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।