क्रेजी साप्ताहिक । चर्चित पत्रकार एवं लोकप्रिय कार्यक्रम सीधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अब केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ३१ सेकेन्डको एक प्रोमो भिडियो युट्युबबाट शनिवार सार्बजनिक गर्दै उनले सो घोषणा गरेका हुन । तर सो काम के हो भन्ने कुरा भने अझै गोप्य नै राखिएको छ ।
बुझिए अनुसार उनले ‘को बन्छ करोडपती’ संचालन गर्ने टिम संग सहकार्य गर्दै छन । को बन्छ करोडपतीको प्रोजेक्ट हेड बिपिन कुमार आचार्यले पनि सो भिडियो सार्बजनिक हुनु भन्दा केहिदिन अघि मात्र यो सार्बजनिकको बारेमा जानकारी गराउदै एक पोस्टर सार्बजनिक गरेका थिए । जसमा रविले केही फरक लेखेको प्ले कार्ड बोकेको देख्न सकिन्छ ।
यता शनिवार सार्बजनिक गरिएको भिडियोलाई ‘को बन्छ करोडपती’कै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । तर च्यानलको नाम भने परिवर्तन गरि ‘गुन्द्रुक’ राखिएको छ । यसअर्थमा टिपिकल टेलिभिजन कार्यक्रम हो र टेलिभिजनमा प्रसारण हुने सो कार्यक्रमको नाम “गुन्द्रुक” नै नहोला पनि भन्न सकिन्न ।
सटिक र निर्भिक प्रस्तुतिका कारण चाँडै सबैमा छाउन सफल भएका लामिछानेले शनिबार आफ्नो फेसबुक वालमा पनि यो घोषणाको बारेमा लेखे । तर, कुरोको चुरो भने खुलाएका छैनन् । उनले राजनीति अहिले होइन भन्दै अझै केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका हुन् । उनका शुभेच्छुकहरुले उनको यो घोषणाको स्वागत गर्दै शुभकामना पनि दिन थालेका छन् ।
पूर्वेली न्यूजबाट