
क्रेजी साप्ताहिक । प्रहरीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक माथि कुटपिट गरेको छ । १३औं सागको पुरुष फुटबलको फाइनल खेलका लागि टिकट खोज्दै आएका फुटबल समर्थकहरूलाइ प्रहरीले कुटपिट गरेको हो ।
प्रहरीले दर्शकमाथि कुटपिट गरेको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो । यता प्रहरीले भने टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा अटेर गरे पछि ठेलठाल गरेर हटाएको बताएको छ ।

