लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम सम्पन्न - Crazysaptahik.com

लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम सम्पन्न

भूमिप्रसाद पाठक । मोरङ्गको पथरीशनिश्चरे—१ अवस्थित पथरी बहुमुखीको प्राङ्गगणमा १६ दिर्ने लैङ्गिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम’ सम्पन्न गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कुमार कार्की तथा बिशिष्ट अतिथिबाट कार्यक्रमको उद्धघाटन गरिएको थियो ।नगरपालिका की महिला बालबालिका प्रमुख गीता कट्टेलले बोल्दैर्—मर्दलाई भिरिङ्गी नामर्दलाई लुतो’भन्ने उखानको चर्चा गर्दै पुरुषबाट बढी महिला हिंसामा परेको उनले बताइन्।

उत्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कानुन मन्त्री कार्कीले युवा बालबालिकालाई समानता र गुणस्तीय शिक्षा नदिएको बताउँदै सचेतताको लागि अभियान थालिएको प्रतिबद्धता जाहेर गरे ।सोही कार्यक्रमको विशिष्ट अतिथिहरुमा प्रदेश सांसद कृष्णकुमारी राई,नगर प्रमुख दिलिपकुमार राई,भुटानी शरणार्थी उच्च आयोग (युएनएचसीआर) दमक शाखा प्रमुख खालिद फन्सा,समाजसेवी युवराज बास्कोटा,ईलाका कार्यालय पथरी प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारी,नेकपा प्रदेश नम्बर —१ सदस्य गिता तिम्सिना,पञ्चायत माविका प्राचार्य अर्जुनकुमार बुढाथोकी लगायत रहेका थिए ।अतिथिहरुमा विभिन्न संघसंस्था,स्कुलका प्रतिनिधि,लगायत रहेका थिए ।

कार्यक्रमको स्वागत नृत्य केबि मेमोरियल बोर्डिङ्ग स्कुलका विद्यार्थी द्धय रोस्मी खत्री र श्रेया विष्टले प्रस्तुत गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य वडा नम्वर —२ की वडा सदस्य अरुणा राईले राखेकी थिइन् ।त्यसैगरी लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कच्चहरी नाटक मञ्चन गरिएको थियो । उत्त कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य तथा वडा नम्वर—१० सदस्य मैनादेवी फुयाँल आचार्यले गरेकी थिईन्। विद्यालयस्तरीय कविता, म्यूजिकल चियर्स र हण्डिफोर प्रतियोगिता समेत सम्पन्न भएका छन् । वडा नम्वर १, २, ३, ७ र १० का विद्यालय, संघ संस्थाहरु सहभागि कार्यक्रममध्ये कविता प्रतियोगितामा खुलातर्फ वालकृष्ण अधिकारी प्रथम, प्रेमकला ढुंगाना द्धितीय तथा विद्यालयस्तरतर्फ रेडस्टार बोर्डिंगका त्रियुगा लिम्बू पुरस्कृत भएकी छिन् ।

म्यूजिकल चियर्सतर्फ एभरेष्ट बोर्डिङका एल्सन राई, कृतिका खनाल र लक्ष्मी पाठक क्रमशः प्रथम, द्वितीय र तृतीय वनेका छन् । हण्डिफोरतर्फ एभरेष्ट बोर्डिङकै दिपेश खनाल, सन्दिप राई र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । नगरपालिकाको आयोजनामा यस अघि हसन्दह र शनिश्चरेमा यसै प्रकारका कार्यक्रम सम्पन्न भएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.