प्रधानमन्त्रीले सागका पदक विजेतालाई बालुवाटार बोलाए - Crazysaptahik.com

प्रधानमन्त्रीले सागका पदक विजेतालाई बालुवाटार बोलाए


क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् । प्रधानमत्तीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाइएको हो ।

मंगलाबार साँझ डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहर कार्डियो गएका प्रधानमन्त्री ओली मंगलार राति नै बालुवाटार फर्किएको प्रधानमन्त्री सचिवालयका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । म‌ंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । ८औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो।

सम्बन्धित खवर