विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी को सेवा दिने - Crazysaptahik.com

विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी को सेवा दिने


क्रेजी साप्ताहिक
विराटनगर । सीता एयरले भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आर्क्शित गर्न विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ ।

माउण्टेन हेलिकोप्टर र सिता एयरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् । पूर्वबाट सुरु हुने योजनाले नेपाल र भारतका धार्मिक पर्यटकले लाभ लिनसक्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए । सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने र सो विमानस्थलबाट हेलिकप्टरबाट धार्मिक स्थल पूर्याउनेछ । सिंहका अनुसार धार्मिक यात्राका लागि प्रतिव्यक्ति २३ हजार भाडा तोकिएको छ । २९ मंसिरबाट सुरु हुने सेवाले पर्यटन वर्षको विकासमा टेवा पुग्ने होटल व्यवसायी भविष श्रेष्ठले बताए ।

सम्बन्धित खवर