क्रेजी साप्ताहिक धरान । प्रहरीले अवैध लागूऔषध (ब्राउनसुगर) सहित दुई जनालाई सुनसरीको धरानबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा झापा मेचीनगर नगरपालिक ४ काँकडभिट्टाका ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका ६ का २६ वर्षीय पासाङ शेर्पा रहेका छन् ।
धरान उपमहानगरपालिका ८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित आइतबार राति उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबी ७४ एएफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । कारको चालक समेत रहेका दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।