मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा - Crazysaptahik.com

मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


क्रेजी साप्ताहिक । सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।

मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खवर