७ जना जुवाडे पक्राउ - Crazysaptahik.com

७ जना जुवाडे पक्राउ


क्रेजी साप्ताहिक
भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका–४ बाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । दधिकोट ४ सिमलेका ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवा खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । प्रहरीले पासाङ सहित ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर