कलाकार थापाको अन्त्येष्टि आजै - Crazysaptahik.com

कलाकार थापाको अन्त्येष्टि आजै


क्रेजी साप्ताहिक ।बुधबार मध्यान्न पशुपति आर्यघाटमा स्वर्र्गीय कलाकार आनन्द थापाको अन्त्येष्टि गरिएको छ । उनलाई छोराहरु जय र शंकर थापाले दागबत्ती दिए ।मंगलबार साँझ ७ ः ३० मा भक्तपुरको झौखलेमा थापाको निधन भएको थियो । विगत दुई वर्षदेखि प्यारालाइसबाट थलिएका थापाको ८० वर्षको उमेरमा निधन भएको हो । उ

नको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिनको १० बजे पशुपति आर्यघाट पुर्याइएको थियो । जहाँ उनलाई श्रद्धाञ्जली दिन कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, उत्तम केसी, अशोक शर्मा, दयाराम दाहाल, प्रदीप उदय, दिनेश डिसी, सुवास गजुरेल, लय संग्रौला, गीता नेपाल, पुस्कर लामा, बिमला केसी, रेजिना उप्रेतीलगायतका कलाकारकर्मी र शुभेच्छुक पुगेका थिए । करिब २ घन्टा श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिक शरिरको अन्त्येष्टि गरिएको थियो । थापाको श्रीमती र ३ छोरा रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.