क्रेजी साप्ताहिक इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नं ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै बिसिजि खोप र छ हप्तामा लगाउने अन्य खोप एकैपटक लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ ।
चार वटा सुई एकैपटक लगाए पछि भार थेग्न नसकेर बिरामी भएकी बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो । उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन् । आकस्मिक घटना घटेको र यस घटनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष उक्त बिषयमा छलफल गरि घटनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए । स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन ।