२५ वर्षपछि लकडी चोरी मुद्दाका अभियुक्त पक्राउ - Crazysaptahik.com

२५ वर्षपछि लकडी चोरी मुद्दाका अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक काठमाडौैं । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । घटना भएको २५ वर्षपछि बाराको कोल्हवी नगरपालिका–३ का गौरी शंकर चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

वि.सं. २०५० फागुण १९ गते तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद र ९२३ रुपैयाँ जरिमाना ठहर गरेको थियो । तर उनी त्यसयता फरार भएका थिए । चौधरीलाई प्रहरीले उपस्थित गराएपछि जिल्ला अदालत बारामा सजाय भुक्तानीका लागि कारागार पठाएको छ ।

सम्बन्धित खवर