क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारीका घनश्याम श्रेष्ठ बिरुद्ध ठगी मुद्धा दर्ता भएको छ । उनीबिरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाएको बेलबारी प्रहरीले जाकारी दिएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका ईन्सपेक्टर गुणराज बुढाथोकीले दिएको जानकारी अनुसार २ सय ५० बढी स्थानीयहरु सँग ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार भएका उनलाई मंगलबार सुनसरीको ईटहरीबाट बेलबारी प्रहरीले पक्राउ गरेको थियो ।
बेलबारी १ मा ऊँ कृष्ण सुनचाँदी पसल र हार्डबयर पसल सञ्चालन गर्दै आएका उनले ब्याजको प्रलोभन देखाएर स्थानीयको करोडौँ रकम ठगि गरेका थिए । केही महिना अघि नै फरार भएका श्रेष्ठलाई पक्राउ गर्न र रकम फिर्ता गर्न स्थानीयले माग गरेपछि बेलबारी नगरपालिकाको संयोजनमा पिडित र श्रेष्ठकी श्रीमती तारादेबी श्रेष्ठ बिच मंसिर मसान्त सम्म रकम तिर्ने सहमति भएको थियो । मंसिर मसान्तमा समेत रकम फिर्ता नभएपछि पिडितहरुले श्रेष्ठको घरमा ४ दिन धर्ना दिनुका साथै श्रेष्ठ परिवारका बिरुद्ध प्रर्दशन र्गेका थिए । स्थिति जटिल बन्दै गएपछि बेलबारी प्रहरीले सोमबार घनश्यामकी श्रीमती तारादेबीलाई नियन्त्रणमा लिएको थियो । स्थानीयले घनश्याम नआएसम्म तारादेबीलाई घरमै बन्धक बनाउने भन्दै प्रर्दशन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठ पिडितहरुले मातृका पराजुलीको संयोजकतवमा पिडित संघर्ष समिति समेत गठन गरेका छन ।