७७ वर्षिय वृद्धालाई बलात्कार गरी फरार रहेका प्रतिवादी पक्राउ - Crazysaptahik.com

७७ वर्षिय वृद्धालाई बलात्कार गरी फरार रहेका प्रतिवादी पक्राउ


क्रेजी साप्ताहिक
उदयपुर । ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी सदालाई विशेष सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए ।

उनका अनुसार सदाले २०७६ साउन ८ गते स्थानीय एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । पक्राउ परेको प्रतिवादीलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर