सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार नै ६ हजार घुससहित पक्राउ - Crazysaptahik.com

सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार नै ६ हजार घुससहित पक्राउ


क्रेजी साप्ताहिक बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी बिहीबार ६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रंगे हात पक्राउ गरेको हो । घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिए । उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौं शुक्रबार पठाइने छ ।

सम्बन्धित खवर