आगो ताप्ने क्रममा जलेर एक को मृत्यु, एक घाइते - Crazysaptahik.com

आगो ताप्ने क्रममा जलेर एक को मृत्यु, एक घाइते

क्रेजी साप्ताहिक जनकपुरधाम । आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साह जाडो छल्न आगो ताप्दा जलेर मृत्यु भएको छ ।

४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । एक्कासी सल्केको आगोले शरीरको अधिकांश भाग जलेको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीमै आगो ताप्ने क्रममा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर १ की २५ वर्षीया सरस्वतीदेवी अगो ताप्ने क्रममा जलेर घाइते भएकी हुन् । आफ्नै घरमा आगो ताप्ने क्रममा बुधबार राति उनको शरीरमा आगो लागेको सर्लाही प्रहरीका प्रबक्ता एवं डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए । आगोबाट जलेकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर