क्रेजी साप्ताहिक
सुनसरी । जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले पनि प्रदर्शन शुरु गरेका छन् । बलात्कार पिडित महिलालाई न्यायको माग गर्दै बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका छन् ।
सुनसरी जिल्ला अदालत अगाडी गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको छ । महिलाहरुको प्रदर्शनमा गिरीलाई फासी दे भन्दै नारा लगाइएको छ । महिलाहरु प्ले कार्ड सहित गिरीको बिरोध गरिरहेका छन् । दुबै पक्षको भिड बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । गिरीलाई अदालतमा उपस्थित गराएसगै उनको बयान लिने तयारी हुदैछ ।