घुससहित प्रहरी हवल्दार पक्राउ - Crazysaptahik.com

घुससहित प्रहरी हवल्दार पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई आयोगले नियन्त्रणमा लिएको हो ।

दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ ।

सम्बन्धित खवर