दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
पहिलो सिजनमा उपविजेतामा सीमित बनेको चितवनले यसपटक आफ्ना सबै खेलमा जित निकाल्दै उपाधि जित्यो । शनिबार भएको उपाधि भिडण्तमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित र्गयो। पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर बिराटनगरसामु २ सय ३ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको थियो ।
चितवनका रोहन मुस्तफा र अनिल साहले ५०र५० रन बनाए। यस्तै कप्तान पारस खड्का २५, आरिफ सेख १९ तथा बाबर हायत ५ रनमा आउट हुँदा करण केसी २६ तथा सन्नी पटेल १६ रनमा अविजित रहे ।
विराटनगरका मुहम्मद अलाम र पुनित मेहराले २ र २ तथा किशोर महतोले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १७० रन बनाउन सक्यो । बिराटनगरका मोहम्मद अलामले सर्वा्धिक ५७ रन बनाए पनि हार टार्न सकेनन् ।
यसैगरी कप्तान प्रदिप ऐरी ३६, पुनित मेहरा ३२ तथा नोमन खान १८ रनमा आउट भए। अन्य ब्याट्म्यान चल्न सकेनन् । चितवनका करण केसीले ३ तथा सन्नी पटेल २ र रोहन मुस्तफाले १ विकेट लिए । लिगमा आफ्ना सबै खेल जित्दै कप्तान पारस खड्काको टिम चितवनले उपाधि कब्जा गरेको हो। गत मंसिर २९ गते शुरु भएको टि–ट्वेन्टी फ्रेन्चाइज प्रतियोगितामा चितवन र विराटनगरसहित, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी गरी ६ टोली सहभागी थिए । उपाधि जितेसँगै चितवनले २७ लाख नगद प्राप्त गरेको छ भने उपविजेतामा सीमित विराटनगरले १० लाख पुरस्कार प्राप्त ग¥योे । गत वर्षको विजेता पोखरा पल्टनले यस वर्ष एउटा खेलमा मात्रै जित निकाल्न सकेको थियो ।
–थाहाखबरबाट